scheduleशनिवार कार्तिक २ गते, २०७६

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

फाइल फोटो

बेइजिङ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताएका थिए । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage