scheduleशुक्रवार भाद्र ६ गते, २०७६

बौद्धमा गोली चल्यो, लुटेरा तामाङ घाइते

काठमाडौँ, ७ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।

प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर  १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिए ।
रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage