scheduleबिहिवार आश्विन ३० गते, २०७६

प्राज्ञ भन्छन्- ‘नदिया लहर’ उत्कृष्ट कविता संग्रह

न्यूयोर्क, ८ असार । युवा कवि नदिया लिबाङको नूतन पहिलो कविता संग्रह “नदिया लहर” पाठकसामु आएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरद्वारा न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा उनको कविता संग्रह “नदिया लहर” को विमोचन गरिएको हो ।

वाणिज्यदूत एवम् कवि कृसु क्षेत्री, साहित्यकार एवं अनेसास केन्द्रीय सल्लाहकार गीता खत्री, अनेसास न्यूयोर्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कवि नदिया लिबाङ र उनका पति विश्व थापाले संयुक्तरूपमा कविता संग्रह विमोचन गरेका हुन् ।

कविता संग्रह नदिया लहरमा नेपाली समाजमा विद्यमान महिला हिंसा र बेचबिखनको कारुणिक चित्रलाई सफा र सेतो धरातलिय क्यानभासमा साहसिक ब्रुसले कोरेर प्रस्तुत गरेको पाईन्छ । सामाजिक विकृति र बिसंगतिका विरुद्ध दरिलो भएर काव्यिक संवोधन गरिएको र कुलंगार खलपात्रहरुलाई खबरदारी गरिएको एउटा मात्र कविता “चित्कार” ले नै प्रष्ट पारेको पाईन्छ ।

कविता पढ्दा– साहित्य केवल आमोदविनोदको लागि लेखिने वा पढिने विधा मात्र नभएर वा लेख्नकै लागि रहरमा लेखिने विषय नभएर सामाजिक सचेतनाको संवाहक बनेको पाईन्छ । कर्याक्रममा सरिक साहित्यकार र साहित्यानुरागिले “नदिया लहर” नेपाली काव्य क्षेत्रमा नयाँ तरंग पैदा गर्नेगरि आएको बताए । उनीहरु भन्दै थिए, ‘समाजलाई जागरुक बनाउने तथा बेथिति विरुद्ध खबरदारिको काम गर्नेछ ।’

संग्रहमा जीवन रंगहरु, यौवनका आकांक्षाहरु, मानविय समवेदना र प्रकृतिको यथार्त परिवेशलाई समेटिएको छ । कवितामा सरल विम्वको प्रयोगले कविताको भाव सबैले बुझ्नेगरी सुन्दर ढंगले कवितामा लहरमा लहरिन लायक बनाएको पाईन्छ । “कविता आमा हुन, कविता पहाड हुन अनि कविता हिमाल हुन” जस्को चियोचर्चो र खोजनीतिले जीवन र जगतको अनुभूत गराएको आभाष किवतामा पाईनु सुन्दर पक्ष हो ।

“सिप नभए घैंटो बन्दैन”, साहित्यमा सिप नभए केहि फुर्दैन, कविका कवितामा काव्यिक भाव पोख्ने सिप सामान्य लागे पनि अर्थ भने कािलगढले कुँदिकुँदि बनाएको पूजनिय मुर्ति जस्ता लाग्ने खालका छन् । लेखनमा लोभ नगरिएको यो एउटा काव्य कृति पनि हो, जस्ले आम मानिसको उत्कण्ठालाई संवोधन गरेको छ ।

वाणिज्यदूत तथा कवि कृसु छेत्री र गीता खत्रीले कविता संग्रह को समिक्षा गर्दै संग्रह नेपाली काव्य जगत्को लागि एक थान नभई काव्य क्षेत्रको उत्थानमा बलियो उपस्थिति भएको बताए । साथै कवि राजेन्द्र श्रेष्ठ विकास बिष्ट, शारदा क्षेत्री, लक्ष्मी श्रेष्ठ, अर्जुन दाहाल, धन लामा, संगीता उप्रेती, ज्योति पौडेल, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, सकुन ज्ञवालीले पहिलो कविता संग्रहले लेखनको दायरा फराकिलो बनाएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञ डा.अमर गिरी र डा.ज्ञानु पाण्डे, अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले भिडियो मार्फत नदिया लहरका कविता आम मानिसका भोगाई र अमानविय हर्कतहरु विरुद्ध होशियारी गर्न आएकाले उत्कृष्ट रहेको बताए । उनिहरुले समाजमा व्याप्त विकृति बिसंगतिलाई पाखा लगाउने दिशामा कविताले उत्प्रेरणा दिनेमा विश्वस्त हुन सकिने बताए । साथै ५६ वटा कविता समावेश गरिएको कविता संग्रह नदिया लहर उत्कृष्ट कविताहरुको संग्रह भएको विचार अभिव्यक्त गरे ।

कार्यक्रममा कवि नदिया लिबाङ र उहाँकी छोरी कृष्टल थापाद्वारा अभिनित ‘एउटी छोरीको प्रतिज्ञा’ शीर्षकको कवितामाथि बनाइएको श्रव्यदृश्य प्रस्तुत गर्दा उपस्थित सहभागीहरुका आँखा रसाएका थिए । नदिया अभिनित गीतकार धन लामाको शब्द, टीका बम्जनको संगीत र अन्जु पन्तको स्वरमा रेकर्ड भएको गीतको म्युजिक भिडीयो पनि प्रदर्शन गरिएको थियो ।

बिगत २० वर्षदेखि यूयोर्कमा बस्दै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकि बहु प्रतिभाशाली कवि नदिया लिबाङ एक उत्कृष्ट कलाकार पनि हुन । उनले वरिष्ठ रंगकर्मीहरु अशेष मल्ल र हरीबहादुर थापाको ब्यानरमा तयार गरि न्यूयोर्कको अफ ब्रडवे थियटरमा मंचन गरिएको नाटक “जोडियोस् भत्किएका मनहरु” मा पनि आफ्नो प्रतिभा देखाईसकेकि छन् ।

कार्यक्रमको संचालन कवि शकुन ज्ञवालीले गरेकि थिईन भने शुभारम्भमा गायिका संगीता मुखिया छोचून संगसंगै सहभागिहरु नेपाली राष्ट्रगानमा सरिक भएका थिए ।

अमेरिकाबाट ज्योतिकुमार श्रेष्ठ

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage