scheduleशनिवार कार्तिक २ गते, २०७६

अन्तर्राष्ट्रिय नेपाली समाज युएईमा सुरेश ढकाल


युएर्इ, १० असार । नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएर्इको अध्यक्षमा सुरेश ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबर्इमा भएको प्रथम अधिबेशनबाट ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू क्रमशः मुन्ना समसुल हक, शंकर सुनार र महिला तर्फबाट रेणु ढकाल रहेका छन् । यसैगरी महासचिवमा खिमानन्द कँडेल, सचिव क्रमशः ध्रुव भट्ट र प्रतिक्षा कार्की, कोषाध्यक्ष मुक्ति भट्टरार्इ, सहकोषाध्यक्षमा किरण सुनार निर्वाचित भएका छन् ।

समाजको नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा योगेन्द्र थापा, प्रकास बन्जरा, बल बहादुर विक, बुद्धिप्रसाद भट्टरार्इ, सुरेश ओझा, झलक सुनार, भिम बहादुर थापा, भिम दोङ् तामाङ र रूप बहादुर खत्री रहेका छन् । अधिवेशनले समाजको प्रवक्तामा राजन श्रेष्ठलाई चयन गरेको छ ।

अधिबेशन आयोजक समिति संयोजक पवन अधिकारीको संयोजत्व तथा अन्तर्राष्ट्रिय नेपाली समाज मध्यपूर्व संयोजक तथा नयाँ शक्ति पार्टी नेपालका संघिय परिषद् सदस्य उत्तम अधिकारीको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रथम अधिवेशनमा परिषद् सदस्य एवम् समाजसेवी चन्द्रप्रसाद सापकोटाको बिषेश उपस्थिति रहेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage