scheduleसोमवार आषाढ़ २९ गते, २०७७

पन्ध्र अंकले घटेर नेप्से बाह्रसय अंकभन्दा तल झर्‍याे

काठमाडौं, १२ असार । यतिबेला सेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण विगत लामो समयदेखि नेपाल स्टक एक्सचेञ्जको परिसूचक निरन्तर ओरालो लागिरहेको छ । बजार घटेर मंगलबार १२ सय अंकको विन्दु पनि छाडेको छ ।

आज बजार १५.२९ अंकले द्दटेर परिसूचक ११९४.८० अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंकले घटेको छ ।

आज बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।

मंगलबार बजारमा १६० कम्पनीका ६ लाख २१ हजार ७९६ कित्ता सेयर ३ हजार ६२३ पटक खरिदबिक्री हुँदा २३ करोड १० लाख रुपैंयाको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय