scheduleसोमवार आषाढ़ २९ गते, २०७७

सेयर बजारमा सुधार देखिंदा कारोबार रकम भने घट्यो

काठमाडौं, १३ असार । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सुधार देखिएको छ । बुधबार नेप्से ४.६२ अंकले बढेर ११९९.६२ अंकमा पुगेको छ ।

बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले बढेको छ ।

बुधबार जलविद्युत्, बीमा र उत्पादन समूहको परिसूचकमा गिरावट आएपनि बाँकी सबै समूहको परिसूचक बढेको छ ।

बजारमा १५७ कम्पनीका ५ लाख ८३ हजार ७३२ कित्ता सेयर २ हजार ८४३ पटक खरिदबिक्री हुँदा १७ करोड ३० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय