scheduleआइतवार श्रावण ५ गते, २०७६

एक पालिका एक उत्पादन पहिचान कृषि मन्त्री

स्याङजा, १३ असार । प्रदेश नं. ४ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले १ पालिका १ कृषि उत्पादन पहिचानमा जोड दिएका छन् । मन्त्री मगरले हरेक स्थानीय तहमा कृषिका माध्यमबाट आ–आफ्नो पहिचान हुनुपर्ने बताए ।

स्याङजाको भीरकोट नगरपालिकाको बयरघारीमा गरिएको कृषकसँग मन्त्री कार्यक्रममा मन्त्री मगरले हरेक सहकारी उत्पादनमुलक क्षेत्रमा अनिवार्य जोडिनुपर्ने बताए ।

मन्त्री मगरले एक वडा एक उत्पादनको नीतिका साथ स्थानीय तह लाग्नुपर्ने बताए । त्यस्तै उनले विउमा गुणस्तरीयता नभएको कृषकहरुको गुनासो आईरहेको भन्दै कृषक सहयोग नगर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने बताए । मन्त्री मगरले हरेक पालिकामा कृषि उपज संकलन केन्द्र तथा हाट बजार स्थापनामा स्थानीय तहसंग समन्वय गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा सांसद दिपक चर्तीमगरले स्याङजाको समृद्धिका लागि कृषि र पर्यटन नै मुख्य आधार रहेकाले यसका लागी यहाँका कृषिका सुन्तला, तरकारी मकै, कफी जस्ता उत्पादनमा जोड दिएका छन् ।

त्यस्तै अर्का सांसद मोहन रेग्मीले आर्थिक वृद्धिका लागी कृषि उत्पादनमा बढाउनुपर्ने बताउँदै जग्गा बाँझो नराख्ने नितिका साथ अगाडि बढीरहेको बताउँदै आधुनिक तथा व्यवसायिक कृषिमा जोड दिए । कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले प्रदेशको निति अनुसार स्थानीय तहले समन्वय गर्दै विकासका लागी अगाडि बढ्ने बताए । यसअघि मन्त्री मगरले नवलपुर, गोरखा, बाग्लुङ लगायतका जिल्लाहरुमा कृषकसँग मन्त्री कार्यक्रममा सहभागी भइसकेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob