scheduleमगलवार आषाढ़ २३ गते, २०७७

दक्षिण कोरियासँग लज्जास्पद हार भोगेपछि जर्मनीका प्रशिक्षकले दिए यस्तो प्रतिक्रिया

काठमाडौ,१४ असार । गएराति दक्षिण कोरियाले जर्मनीलाई पराजित गर्दा धेरैलाई पत्याउनै गाह्रो भयो । एसियलाी देशविरुद्ध विश्वकपमा राम्रो इतिहास बनाएको जर्मनीलाई भने दक्षिण कोरियाले कहिल्यै बिर्सन नसक्ने हार दिलाएको छ ।

डिफेण्डिङ च्याम्पियन समेत रहेको जर्मनी यसरी लिग चरणबाटै बाहिरीएला भनेर कमैले साचेका थिए ।

तर, दक्षिण कोरियासँग २-० गोलले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरी सकेको छ । यसबारे जर्मनीका प्रशिक्षक जोयचिम लोले आफ्नो प्रतिक्रिया दिएका छ्न । उनले भनेका छन्, ‘हो हामी विश्वकपबाट बाहिरिएका छौ । हाम्रो टिमलाई यो नतिजा सुहाउँछ ।’

उनले थप्दै भने, ‘यो नतिजाले अब जर्मनी टिममा ठुलो परिवर्तन आउँछ । मेक्सिकोमाथि स्वीडेनले भारी गोलले अग्रता लिएको समाचार हामीले पाइसकेका थियौ । हामीलाई पनि अंक जोड्नै पर्ने बाध्यता थियो । सबै आक्रामक खेलाडी प्रयोग गर्दा काउन्टर अट्याक गर्दै दक्षिण कोरियाले थप गोल गर्यो ।’

दक्षिण कोरियाँसग बराबरी गोल समेत फर्काउन नसकेको जर्मनीले गएको विश्वकपमा ब्राजिललाई ७-१ गोलले पराजित गरेको थियो । त्यस्तै यस विश्वकपको पहिलो खेलमा नै जर्मनी मेक्सिकोसँग पराजित भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय