scheduleमगलवार फाल्गुन १३ गते, २०७६

ग्राण्डी अस्पतालकाे छतमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, १६ असार । धापासीस्थित ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सो हेलिकप्टर अस्पतालको छतमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर आज अपरान्ह हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको हो । हेलिकोप्टर माथिल्लो तलाबाट एक तला मुनी खसेको थियो । दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय