scheduleआइतवार फाल्गुन ५ गते, २०७५

महिलाको शरीरमा हुने रौंमाथि विज्ञापन, चर्चा र बहस दुवै

एजेन्सी, १७ असार । रौं सबैको शरीरमा हुन्छ । तर, अमेरिकामा यतिबेला यसमाथि बहस चलिरहेको छ । रेजरको एक विज्ञापनमा महिलाले आफ्नो शरीरको रौं खौरिरहेको (सेभ गरिरहेको) देखाइएको छ । उक्त विज्ञापन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

महिलाहरुले आफ्नो शरीरको रौं खुर्कँदै गरेको देखाइनु निकै क्रान्तिकारी दृश्य भने होइन । तर, यस विज्ञापनमा महिलाका शरीरमा भएका रौंहरु देखाइएो छ । महिलाहरुको खुट्टा तथा देखिनेभागमा रौं हुन्न भन्ने जस्तो देखिने गरेको छ ।

Project Body Hair

For the past 100 years, women’s razor brands have “shaved" smooth, hairless legs. Strange, huh? Introducing Project Body Hair. A celebration of body hair, wherever it is or isn’t.

Posted by Billie on Tuesday, June 26, 2018

यस विज्ञापन बनाउनेवाला रेजर ब्रान्ड बिलीका अनुसार पछिल्लो १०० वर्षमा पहिलो पटक कुनै विज्ञापनमा महिलाको शरीरमा रौं भएको देखाइएको छ । कम्पनीले भनेको छ, ‘त्यसकै नतिजा हो यो विज्ञापन भाइरल हुनु ।’

सामाजिक सञ्जालमा अधिकांश महिलाहरुले यस विज्ञापनको समर्थन गरिरहेका छन् । उनीहरुले आफ्नो खुट्टा, हात, औंलाको बीच भागमा भएको रौंहरुको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यतिमात्र होइन उनीहरुले नाइटो तथा काखीमुनिको रौंलाई समेत सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।

इंस्टाग्राम प्रयोगकर्ता @bigparadethroughtown ले लेखेकी छन् , ‘यो निकै सुन्दर हुन्छ ।’ एक अर्की प्रयोगकर्ता @hanguk0 ले लेखेकी छन्, ‘म रेजरको प्रयोग गर्दिनँ तर यो विज्ञापन सानदार छ ।’

बिलीकी सह-संस्थापक गोर्जिया गूलीले ग्ल्यामर म्यागेजिनसँग भनिन् कि सबै विज्ञापनमा देखाइने महिलाको शरीरमा रौं हुन्नन् । उनी भन्छिन्, ‘यसबाट थाहा हुन्छ कि तपाई आफ्नो शरीरमा रौं हुँदा लाज महसुस गर्नुहुन्छ ।’

यस विज्ञापनका साथै कम्पनीले एक अनलाइन अभियान पनि शुरु गरेको छ । यसको उद्देश्य कुनै पनि महिलाले आफ्नो प्राकृतिक रुपलाई स्वीकार गर्नुपर्छ भन्नु हो ।

यद्यपी, यति धेरै समर्थनका बीच केही मानिसहरुले यस रेजर ब्रान्डमाथि प्रश्न उठाइरहेका छन् । यदि रौं हुनु सामान्य भए किन रेजर कम्पनीले रौं हटाउने विज्ञापन गरिरहेको छ भन्ने प्रश्न उठाएका छन् ।

अमेरिकी वेवसाइट स्लेटकी लेखिका रशेल हैम्पटन लेख्छिन्, ‘यो साँचो हो कि जीवनको यो चरणमा मैले सबै ठाउँको सेभ गरेको छु । मलाई सेभ गरेको खुट्टा मनपर्छ । तर, मैले यो ११ वर्षको उमेरसम्म शुरु गरेकी थिइनँ कि जबसम्म मलाई यो थाहा थिएन शरीरमा रौं आउनु गलत हो ।’

उनी प्रश्न उठाउँछिन्, ‘के रेजर बेच्ने यो कम्पनीले साँच्चै भन्न सक्छ कि शरीरमा रौं हुनु कुनै नराम्रो होइन ?’

यस प्रश्नमाथि बिली कम्पनीले भन्छ, ‘तपाईलाई सेभ गर्ने इच्छा भए हामी उपस्थित भएका छौं ।’

यतिमात्र होइन विज्ञापनको अन्त्यमा देखाइएको छ कि यो जरुरी छैन सबै महिलाले आफ्नो शरीरको रौं खुर्कनुपर्छ ।

बिली कम्पनीकी सह-संस्थापक गूली भन्छिन्, ‘सेभ गर्नु कसैको पनि निजी विचार हव । कसैले पनि महिलालाई भन्ने हक छैन कि उसले आफ्नो शरीरको रौंसँग के गर्नुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob