scheduleमगलवार आश्विन २८ गते, २०७६

बर्षे विकास बजेट सिध्याउने खेलमात्रै

जब जब आर्थिक वर्षको अन्त्य हुन थाल्छ, तब सडक निर्माण, ढल निकास, बाटो मर्मत, पुल निर्माण लगायत, विभिन्न विकास निर्माणका काम अघि बढाइन्छ । एकातिर झमझम परेको पानी, त्यहीमाथि विकासका नाममा गरिएको कामहरुले सर्वसाधारणले निकै सास्ती भोग्नु पर्छ ।

घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुने यहाँको सडकको दुर्दशाप्रति सम्बन्धित निकायको ध्यान  कहिल्यै जाँदैन । कही बाटो खन्दैछ बीचमै अलपत्र पारिदिएकाे छ, कही ग्राबेल ओच्छ्याइएको छ, त्यो पनि बीचमै छोडिन्छ, कही पिच गरेको छ त्यो पनि बीचमै छोडिन्छ । यहाँसम्म की जनतालाई खानेपानीको सुविधा दिनका लागि जमिनमुखि खनेर पाइप ओच्छ्रयाएको दुई वर्ष वितिसक्दा पनि त्यो पाइपमा पानी आउँदैन, जनताले सहज खानेपानी पाउन सक्दैनन् । जनताको सास्ती देख्दैन सम्बन्धित निकायले जनताको आवाज सुन्दैन उसले ।

पुष्पा महरा

उसोतः नेपाल अधिराज्यभरी मात्रै हाेइन छिमेकी मुलुक भारतबाट समेत मानिसहरु राजधानी काठमाडौंमा आई यहाँ बसोबास गरेका छन् । कही खुट्टा राख्ने ठाउँ छैन, कही स्वच्छ हावा पाइँदैन, हरियाली भनेको घरको छतमा बाहेक अन्य ठाउँमा विरलै पाइन्छ । मानिसको संख्या यति छ कि बजार निस्कियो, त्यो भीडभाडले पाइला राख्ने ठाउँ हुँदैन, नीजि मोटरसाइकल वा गाडीमा हिड्याे पार्किङ गर्ने ठाउँ हुँदैन । सार्वजनिक भाडाको गाडी प्रयोग ग¥यो बस्ने त परै जाओस भनेको बेला गाडी पाइँदैन, पाइहाले भित्र ठाउँ पाइँदैन, ढोकामा एक हातले समातेर झुन्डिएर यात्रा गर्नुपर्छ, त्यसमाथि अगतिलो बाटोका कारण दैनिक निर्दोष यात्रुले ज्यान गुमाउनु परेको छ ।

मानिसको संख्या पनि यति भैसक्यो कि जहाँ हे¥यो त्यही मान्छे नै मान्छे । हस्पिटल गयो सबै मान्छे त्यही भए जस्तो, फिल्म हेर्न गयो मानिसहरु सबैले फिल्म मात्रै हेर्छन जस्तो, प्रसुती गृह गयो कति बच्चा जन्मिए जस्तो, शवशान घाट गयो यति धेरै मान्छे मरे त अब के हाेला जस्ताे । जाने ठाउँ कही छैन, हेर्ने ठाउँ कही छैन, अझ बजार भाउले आकाश छुन लागिसक्यो । भाउ घटा भन्ने कोही छैन । सबै स्वार्थी सबैले आफ्नै दुनो सोझाउने काम मात्रै गर्छन् । त्यसमाथि सरकारले त झन लुट्नु लुटेको छ नेपाली जनतालाई ।

हरेक वर्षको बजेट भाषासँगै हरेक कुरामा मूल्यवृद्धि हुन्छ । वर्षेनी विकास खर्च, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेलकुद भन्दै काम रोजगारीसमेतलाई समेटी खर्बौमा बजेट प्रस्तुत हुन्छ । तर हरेक वर्ष बजेट फ्रिज हुन्छ । वर्षभरी विभिन्न शीर्षमा बजेट छुट्याई देशको विकास गर्ने भन्ने प्रतिवद्धता हुन्छ । तर, केमा कसरी कुरा मिल्दैन रु वर्षमा मात्रै एक महिना अलिअलि काम हुन्छ, बाँकी ११ महिना बजेटको रकमतिर ध्यान दिन सक्दैन सरकार ।

मानिसको संख्या पनि यति भैसक्यो कि जहाँ हे¥यो त्यही मान्छे नै मान्छे । हस्पिटल गयो सबै मान्छे त्यही भए जस्तो, फिल्म हेर्न गयो मानिसहरु सबैले फिल्म मात्रै हेर्छन जस्तो, प्रसुती गृह गयो कति बच्चा जन्मिए जस्तो, शवशान घाट गयो यति धेरै मान्छे मरे त अब के हाेला जस्ताे ।

भनिन्छ, ‘कुम्भकर्ण पनि ६ महिना सुते, ६ महिना उठ्यो’ रे । तर नेपालका नेता मन्त्रीहरु ११ महिना कानमा तेल हालेर सुत्छन् । अनि आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हँुदा हतार हतारमा काम सुरु गर्न थाल्छन् । रातारात डोजर चलाइन्छ, रातारात बाटो पिच हुन्छ चाहे त्यो धुलोमाथि होस या हिलोमाथि । भइरहेको चिल्लो पीच पनि भत्काइन्छ, रकम निकासा नहुन्जेल पुनः पिच गर्दैआएपनि अन्तिममा त्यत्तिकै छोड्न पनि सक्छन् । टोलटोलमा खाल्डाखुल्टी पुर्नेदेखि रातारात पोल सारिन्छ । किनकी उक्त शिर्षकको बजेट पचाउनु पर्ने हुन्छ । त्यसैले यहाँ जे हुन्छ रातारात नै हुन्छ् । यही रफ्तारमा वर्ष भरी नै काम हुने हो भने नेपालले विकासको नाममा अग्रंगामी छलाङ मार्ने पक्का छ ।

मुलुकले विकासको नाउमा अग्रगामी छलाङ मार्ने भनेकै जेठ/असार महिना हो । या त कुनै विदेशी विशिष्ट पाहुना आए पनि । यो एक सालको मात्रै कुरा भने होइन । जसको सरकार आएपनि बजेट सक्ने यो खेल निरन्तर चलिरहन्छ । विकासको उद्देश्यले भन्दा पनि बजेट पचाउने उदेश्यले संरचना निर्माण हुन्छन् । काम कति कसरी भयो भन्ने अनुगमन गर्ने वा गलत काम भए कडी लगाउने कोही छैन यहाँ । काम कति समयसम्मका लागि भयो रु टिकाउ कति वर्षका लागि भन्दा पनि बस काम भइरहेको छ या भयो । बजेट पचाउ चुप लाग बस । संरचना एक दुई महिनापछि भत्किन वा विग्रिन पनि सक्छ या बन्दाबन्दै । करोडौ खर्च गरेर असार मसान्तभित्र निर्माण गरिने उक्त बाटोको आयू कति हुन्छ त्यो कसैलाई थाहा हुँदैन ।

कमिसन र घुसखोरीको जालोमा बेरिएको नेपालको राजनीतिमा विकासको नाउमा मन्त्री नेतादेखि ठेकेदारसम्म रमाउन पाउँछन् । जनता सँधैको दुःखी, संरचना निर्माण नहुँदा पनि, नगर्दा पनि । नेपाली जनताले खुन पसिना एक गरेर कमाएको पैसाले सरकारलाई कर बुझाउनु पर्छ । नुन, तेल मसला खान नपाएर एक सरो गतिलो लुगा नफेरेर पनि सरकारलाई पाल्नुपर्छ जनताले । त्यो प्रत्यक्ष होस वा अप्रत्यक्ष रुपमा जनताले नै जम्मा गरेको पैसामा नेताहरुले भने विकासको नाउमा वर्खे विकास गरेर जनताको पैसा स्वाहा बनाउँछन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage