scheduleमगलवार आषाढ़ ३० गते, २०७७

पुँजीबजारमा रौनक : ३६ अंकले नेप्से बढ्दा लगानीकर्तालाई राहत

काठमाडौं, २१ असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३६.०१ अंकले बढेर १२२४.४१ अंकमा पुगेको छ । यसले पुँजीबजारमा रौनकता छाउनुको साथै लगानीकर्तालाई केहि भएपनि राहत मिलेको छ । यसअघि केहि समयदेखि निरन्तर नेप्सेमा गिरावट आएपछि लगानीकर्ताहरु निराश बन्दै आएका थिए ।

आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५१ अंकले उकालो लागको छ ।

आज बजारमा कारोबारमा आएका उत्पादनबाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै बीमा समूहको परिसूचक ३२२ अंकले बढेको छ ।

बिहीबार १६८ कम्पनीको १२ लाख १ हजार ४३३ कित्ता सेयर ६ हजार ६२४ पटक खरिदबिक्री हुँदा ४६ करोड २० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका ८ कम्पनीले ८ प्रतिशतभन्दा माथि कमाएका छन् । २५ कम्पनीले ६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय