scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

गैरकानूनी र आपराधिक कार्य निस्तेज गर्नेक्रममा मानवअधिकार उल्लंघन नहोस् : गृहमन्त्री

फाइल तस्बिर

काठमाडौं, २१ असार । गृहमन्त्री रामबहादुर थापा बादलले मानवअधिकार संरक्षण गर्ने राष्ट्रको जिम्मेवारी भएको सन्दर्भमा नेपाल प्रहरीले नयाँ ढंगले समीक्षा गरेर आफ्‍नो भूमिकालाई थप माथि उठाउनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्धारा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बिहीबार आयोजित मानवअधिकार संरक्षण प्रर्वद्धनमा नेपाल प्रहरी विषायक एकदिने कार्यशाला गोष्ठीको उद्घााटन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले गैरकानूनी र आपराधिक कार्य निस्तेज गर्नेक्रममा मानवअधिकार उल्लंघन भएको छ वा छैन त्यसको स्रोत र वस्तुगत आधार पत्ता लगाएर अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

लामो समयको राजनीतिक आन्दोलनपश्चात नेपाल नयाँ परिवेशमा प्रबेश गरेकोले मानवअधिकार संरक्षण र प्रर्वद्धन समय, परिस्थिति र आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण विषय भएको उनले चर्चा गरे ।

गोष्ठी उदघाटन कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मानवअधिकार संरक्षणका लागि गरिरहेका कार्यको समीक्षा गर्नुका साथै मानवअधिकार संरक्षणमा आइपर्ने चूनौती र समाधान गर्न आगामी कार्यदिशा तयार गरिने बताए । मानवअधिकार संरक्षण गर्न उपलव्ध स्रोत र साधनको आधारमा पारदर्शी, जवाफदेही, कानूनसम्मत रुपमा प्रहरी अगाडि बढ्ने समेत उनले बताए । सरकारको निर्देशनअनुसार व्यावसायिक र इमान्दार भएर काम गर्न सके प्रहरी र नागरिक समाजबीचको खाडल पूरा गर्न सकिने समेत प्रहरी महानिरीक्षक खनालले बताए ।

गोष्ठीमा प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग, ब्यूरो तथा निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथ, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर, महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज लगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage