scheduleबिहिवार आश्विन ३० गते, २०७६

अन्तर्राष्ट्रिय नेपाल समाज भारतमा नयाँ कार्यसमिति, अध्यक्षमा प्रकाश


नयाँ दिल्ली, २२ असार । नयाँ शक्ति पार्टी, नेपाल निकट प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाजले नयाँ नेतृत्व चयन गरेको छ ।

समाजको बिस्तारित बैठकले बहुपदीय नेतृत्वमा जाने निर्णय गरेसँगै अध्यक्षमा प्रकाश नेपाली चयन अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा प्रेम घताने, रमेश शर्मा र तुल्सी विक चयन भएका छन् भने महासचिवमा लोकेन्द्र शेर्पालीले जिम्मा पाएका छन् । बैठकले प्रशिक्षण विभाग प्रमुख तथा सचिवमा बिरेन्द्र सिंह बझाङ्गीलाई चयन गरेको छ भने अन्य सचिवमा राजेश रावल र किसन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा जीवन ज्योति स्रिमल र प्रवक्तामा गोकुल भुजेल चयन भएका छन् । बैठकले महिला विभागमा दुर्गा ददेल, सल्लाहकारमा कृष्ण खड्का, कुमार गुरुङ र संरक्षक विभाग प्रमुखमा विकास थापालाई जिम्मेवारी दिएको छ । उत्पादन विभागमा विष्णु गाहा चयन भएका छन् भने अन्य सचिवालय सदस्यमा रामसिंह ददेल, तिलक विक, करण नेपाली, सूर्यबहादुर थापा, गोकर्ण शर्मा, गगनसिंह ठकुरी र मोहन विक रहेका छन् ।

बैठकले ६५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ । केन्द्रीय समितिमा दिलीप नेपाली, सुर्मा ददेल, नृप पौडेल, निर्मला विक, हरि ददेल, मोहनराज विश्वकर्मा लगायत रहेको महासचिव लोकेन्द्र शेर्पालीले जानकारी दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage