scheduleशनिवार आश्विन ४ गते, २०७६

शंखमूलमा मोटसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्बिर

काठमाडौँ, २३ असार । शनिबार बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए।

दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।
रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage