scheduleआइतवार आषाढ़ १ गते, २०७६

६ महिनासम्म याैनसम्पर्क गर्दापनि श्रीमान्बाट यौन सन्तुष्टि नपाएपछि युवतीद्वारा सम्बन्धविच्छेद

 

फाइल फाेटाे

सुनसरी, २४ असार । सुनसरीको इनरुवा नगरपालिका–२ मा एउटा यस्तो घटना बाहिर आएको छ विवाह भएको ६ महिनामै एक दम्पती अलग हुनुपरेको छ । दम्पतीको सम्बन्धमा फाटो ल्याउने काम विवाहित युवतीमा यौन सन्तुष्टि पुरा नभएपछि भएको हो । ती युवतीले विवाह भएको ६ महिनासम्म पनि आफूले यौन सन्तुष्टि नपाएको भन्दै श्रीमतीले नै अलग बस्ने निर्णय गरेपछि सम्बन्धबिच्छेद भएको हो ।

वास्तवमा उनीहरुबीच कुनै मनमुटाव पनि थिएन । श्रीमान्ले पिट्ने, खान लाउन नदिने केहि गरेका पनि होइनन् । ती विवाहित युवतीलाई उनका श्रीमान्ले असाध्यै माया गर्ने गरेको स्थानीय बताउँछन् । तर पछि नगरपालिकाको न्यायिक समितिसम्म यो मुद्धा पुगे पछि दुवैको बयान अनुसार पुनः मिलेर बस्न सुझाव न्यायिक समितिले दिएको थियो । तर श्रीमतीले आफ्नो श्रीमानको यौन अङ्ग सानो भएको र आफूलाई यौन सन्तुष्टी पुरा गर्न नसकेको भनेपछि न्यायिक समितिले नै छुट्टै सल्लाह दिएको हो ।

इनरुवा २ का वडा सदस्य, नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरु उनीहरुको समस्या सुनेर आश्चर्यमा परेपछि उक्त निर्णय भएको थियो । लामो समयसम्म श्रीमान्बाट यौन सन्तुष्टि पुरा नभएको र यौन कुण्ठा पाल्नुभन्दा समाजमा सुनउनु जाती ठानेर युवतीले न्यायिक समितिसमक्ष आफ्ना कुरा राखेको नगरपालिकाका प्रतिनिधिले जनाएका छन् ।

यस प्रकृतिको समस्या नौलो भएको नगरपालिकाको भनाई रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob