scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

पूर्वराजा बसेको नेपालगञ्जमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ भेट्न आउँदै

फाइल फाेटाे

नेपालगञ्ज, २६ असार । आफ्नो जन्मदिन मनाउन नेपालगञ्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भेटघाटमै व्यस्त छन् । स्रोतकाअनुसार पूर्वराजालाई पुनः सक्रिय भूमिकामा आउन शुभेच्छुकले आग्रह गरिरहेका छन् ।

आफ्नो ७२ औं जन्मोउत्सव मनाउन नेपालगञ्ज पुगेका उनलाई नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना हुनुपर्ने भन्दै लामो समयदेखि वकालत गर्दै आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेतले नेपालगञ्जमै आएर भेट्ने कार्यक्रम बनाएको स्रोतले बताएको छ ।

योगीको नेपालगञ्ज आगमनको मिति र समय तय नभएपनि गोप्यरुपले भेट्ने योजना बनाईएको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र ६ महिनाअघि नेपालगञ्ज भ्रमणमा गएको बेला भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनउ पुगेका थिए ।

पूर्वराजा भ्रमणकाक्रममा दाङ लगायत पश्चिम नेपालको भ्रमणमा जाने कार्यतालिका रहेको छ । पश्चिम नेपालमा पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र आफ्नो ७२ औं जन्मोत्सव मनाउन सपरिवार नेपालगञ्ज गएका हुन् । उनीसँग उनकी पत्नी कोमल, छोरा पारस, बुहारी हिमानी र नातीसहित होटेल सोल्टीमा बस्दै आएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage