scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

उत्कृष्ट युवाहरु देशको सम्पत्ति भन्दै डा‍. भट्टराईको सीआर्इएसए अध्यक्ष सापकोटालाई बधाई

काठमाडौं, २७ असार । काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीआर्इएसए)को अध्यक्षमा सर्वसम्मत दोस्रो कार्यकालका लागि निर्वाचित विजय सापकोटालार्इ नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टरार्इले बधार्इ दिएका छन् ।

डा. भट्टराईले बुधबार ट्वीट गर्दै बधार्इ दिएका हुन् । ट्वीटमा डा. भट्टरार्इ देश बाहिर उत्कृष्टता हासिल गर्ने युवा देशकै सम्पत्ति बन्नु पर्ने बताएका छन् ।

Dish_Home

असार १२ गते अष्ट्रेलियाको उत्तरपूर्वी शहर क्रेन्समा सम्पन्न सम्मेलनबाट सापकोटा अध्यक्षमा निर्विरोध चयन भएका थिए । सीआर्इएसएले अस्ट्रेलियाका सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीको प्रतिनिधित्व गर्ने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय