scheduleबिहिवार आश्विन २ गते, २०७६

अहिलेकै व्यवस्था कायम रहे मुलुकमा समृद्धि आउँदैन : गृहमन्त्री थापा

फाइल तस्बिर

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा व्यापक सुधारको आवश्यकता देखाएका छन् । उनले अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताए ।
नयाँ बसपार्कमा बुधबार बिहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्धिको लागि यातायात क्षेत्रमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले भने, ‘हिजो हामीले बनाएको विधि र व्यवस्थालाई हामी सिण्डिकेट वा कार्टेलिङ भन्छौं ।’ उनले यस्तो व्यवस्थाबाट देशमा समृद्धि आउन नसक्ने स्पष्ट पारे । उनले अगाडि भने, ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल र गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने गरी लिएको निर्णयलाई सघाउने उनले यातायात व्यावसायीलाई आग्रह गरे । पुरानै व्यवस्थालाई जोड दिएर देशमा विकास नहुने उनको तर्क थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage