scheduleशनिवार आश्विन ४ गते, २०७६

पुनर्निर्माण प्राधिकरणका थापा ५ लाख घुससहित पक्राउ


काठमाडौं, २७ असार । राष्ट्रिय पुननिर्माण प्राधिकरणका एक सव-ईञ्जिनियर सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय, नुवाकोटका सव-ईन्जिनियर लोकबहादुर थापा घुसहहित मंगलबार घुससहित पक्राउ परेका हुन् । विद्यालय भवन निर्माण कार्य सम्पन्न भए पश्चात विल भुक्तानी गर्नेक्रममा उनले सेवाग्राहीसँग ५ लाख घुस लिएका हुन् ।

थापालाई घुस लिइरहेको अवस्थामा काठमाडौंको सामाखुसीस्थित रातो भाले फाष्टफुड रेष्टुरेन्टबाट नियन्त्रणमा लिई अनुन्धान अगाडि बढाइएकी अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage