scheduleशनिवार आश्विन ४ गते, २०७६

न्यूटनको चालसम्बन्धी तेस्रो नियम असफल, नेपाली वैज्ञानिक थापाको नयाँ नियम स्विकृत

काठमाडौं, २८ असार । नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

उनका अनुसार, ‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्धारा आयोजित हालै सम्पन्न भएको Pure and Applied Physics 2018 नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफल भएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।

युवा वैज्ञानिक थापाले भने, ‘मेरो यो अभियानलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढक्ढकाउँदा पनि बेवास्ता गरियो । मेरो यो गूनासो शिक्षा मन्त्रीसमक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे, ‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’

नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage