scheduleसोमवार आषाढ़ २९ गते, २०७७

८ अंकले घट्यो नेप्से

काठमाडौं, १ साउन । मंगलबार सेयर बजार परिसूचक नेप्से ८.०५ अंकले घटेर १२०४.३१ अंकमा झरेको छ ।

आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५८ अंकले घटेको छ ।

बजारमा कारोबारमा आएका व्यापारिक, फाईनान्स र अन्य समूहको परिसूचक बढेको छ बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

मंगलबारको बजारमा १५२ कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता सेयर २ हजार ६६० पटक खरिदबिक्री हुँदा २० करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय