scheduleबुधवार जेष्ठ १४ गते, २०७७

विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीले डेढ करोड पाउने

चितवन, १ साउन । विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीले पनि विदेशी नागरिकले सरह क्षतिपूर्ति पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकले पनि विदेशीसरह अर्थात डेढ करोड क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

मंगलबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीका लागि उक्त ठूलो परिमाणमा रकम उपलब्ध गराउन आवश्यक निर्णय गरिसकेको स्पष्ट पारेका छन् । विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकले हाल २० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय