scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

सोल, २  साउन । दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा रहेका छ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । घाइतेको उपचार भइरहेको छ ।
रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय