scheduleसोमवार आश्विन १२ गते, २०७७

उद्योग परिसर त्रिपुरेश्वरमा सार्क हस्तकला केन्द्र निर्माण हुने

फाइल फोटो

काठमाडौँ, २ साउन । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रर्वद्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ ।

उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र पाँचतले हुनेछ ।

दुई आर्थिक वर्षसम्म रकम विनियोजन भए पनि निर्माण कार्य अगाडि नबढेको केन्द्र निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले  पाँच करोड विनियोजन गरेको छ ।

नयाँ बन्न लागेको हस्तकला केन्द्रमा हस्तकला परीक्षण प्रयोगशाला, हस्तकला प्रदर्शन कक्ष, हस्तकला डिजाइन सेन्टर र तालीम केन्द्र रहनेछ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय