scheduleशनिवार कार्तिक २ गते, २०७६

अमेरिका जान हिंडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

काठमाडौं, २ साउन । अमेरिका लैजाने प्रलोभनमा परी विगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन्। नेपालका जेशन श्रीस (बाग्लुङ्ग/पोखरा) लगायतले जनही ३५ लाख रुपैंया नेपालमै लिएको र पछि बीच बीचमा खाना र अरु खर्च गरि ५० लाख खर्च भएको पीडितहरुले बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको सहयोगमा उनीहरु काठमाडौं फर्किन सफल भएका हन् । उनीहरुको पासपोर्टसमेत प्रलोभनमा पार्नेहरुको साथमा थियो । इजिप्टस्थित नेपाल दूतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलालमार्फत ३६ नेपाली नाइजेरिया पुगेको र ती मध्ये १२ जनालाई अमेरिका लान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरु सम्पर्कमा आएका छैनन् । गत महिनासमेत थापाको संयोजनमा टोगोबाट सोही समूहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनीहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्टस्थित नेपाली दूतावास, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यवादसमेत दिएका छन् । बिबिन्द्र र जगन गत मे महिनामा एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता पठाइदिन अनुरोध गरेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage