scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

मकाउमा एक नेपालीको मृत्यु

काठमाडौं, ५ साउन । बिगत सात वर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहँदै आएका पर्वत घर भएका ४७ वर्षीया खिम नारायण तिमल्सिनाको शनिवार ज्यान गएको छ ।

प्रशिद्ध ग्यालेक्सी कम्पनीमा कार्यरत तिमल्सिना ड्युटीमै रहेका बेला आज विहान ९ बजे एक्कसी मुखबाट रगत बान्ता गरेको केही घण्टामै ज्यान गएको हो । मृतक तिमल्सिनाको शवलाई मकाउ स्थित सान्तेन हस्पिटलमा राखिएको छ । तिमल्सिनाका परिवार काठमाडौमा बसोबास गर्छन् ।

हालसम्म मकाउमा ७ जना नेपालीको यस्तै किसिमको अप्रत्यासित निधन भइसकेको छ । घटनाका विषयमा हंगकंग तथा मकाउका लागि नेपाली महाबाणिज्य दुताबासलाई जनसम्पर्क समिति मकाउले जानकारी गराईसकेको छ ।

समाचार स्रोतः कर्ण अधिकारी, मकाउ

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage