scheduleसोमवार आश्विन ६ गते, २०७६

टोरोन्टो शहरमा अन्धाधुन्ध गोली प्रहार

एजेन्सी, ७ साउन । क्यानडाको टोरोन्टो शहरको व्यस्त सडकमा एकजना बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा एक महिलाको ज्यान जानुका साथै अन्य १३ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार गोली लागी घाइते हुनेमा क्यानडाकै ग्रीकटाउन शहरकी लगभग आठ वर्षकी बालिकाको अवस्था भने गम्भीर छ । ती सन्दिग्ध बन्दुकधारी भने दोहोरो गोलीप्रहारमा मारिएका छन् ।

उक्त घटना आइतबार राती ड्यानफोर्थ सडकमा भएको हो । एउटा रेस्टुरेन्टलाई लक्षित गरी भएको उक्त हमलापछिको कारण भने अझै स्पष्ट हुन नसकेको बीबीसीले जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage