scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

साहित्य समाजमा नयाँ नेतृत्व, यसरी मनाईयो नर्थक्यारोलाइनमा भानुजयन्ती


नर्थ क्यारिलोना, ८ साउन । अमेरिकाको नर्थ क्याराेलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानु जयन्ती मनाएको छ । समाजले नेपाल सेन्टर अफ नर्थ क्याराेलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग मिलेर भानुभक्त सम्बन्धि बाल वक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको नेपाली योगदान सम्बन्धी प्रवचन गरी जुलाई २१ का दिन २०५आैं भानु जयन्ती मनाइएको हो ।

कार्यक्रमको पहिलो चरणमा उमेर समूह अनुसार बालबालिकाबीच ‘भानुभक्त र नेपाली भाषा’ विषयक वक्तृत्वकला प्रतियाेगिता भएकाे थियाे । यो प्रतियोगितामा केजीदेखि २ कक्षासम्म, ३ देखि ५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका २२ जना प्रतिस्पर्धीहरु सहभागी थिए । पहिलो समूहमा क्रमश: शाइन लामिछाने, विभुषा गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी दाेस्राे समूह अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला, दाेस्रा र तेस्रा भएका थिए ।

त्यसैगरी, तेस्रो समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र द्वितीय भएका थिए । विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त भेषधारी विक्रम गौतमले संयुक्तरुपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमकाे दाेस्राे चरणमा भानुभक्तको भेषमा आएका विक्रम गाैतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु लेखेका थिए भन्दै केही कविताहरु सुनाएका थिए । उनले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गरेका थिए । उनले भानुभक्तले आफ्नो छाेरालाई पढ्न अर्ती दिंदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर सुनाएका थिए ।

यसैक्रममा शिखर दुलालले भानुभक्तको कान्तिपुरी नगरी कविता पाठ गरेका थिए । साथै, उनले हालकाे कान्तिपुरकाे अवस्था त्याे बेला जस्ताे नभएकाे भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताकाे जवाफ राेचक ढंगले प्रस्तुत गरेका थिए । कार्यक्रममा गीता बस्नेत, उमा शर्मा, निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ-आफ्ना कविता पाठ गरेका थिए ।

कार्यक्रमकाे तेस्राे चरणमा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गर्दै संस्थाले गरेका कार्यहरु सुनाएका थिए । प्रधानका अनुसार २०१२ देखि अनवरतरुपले घरदैलाे मासिक कार्यक्रम भइसकेकाे र करिब ६० जना सर्जकका बारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनकाे लेखा राख्ने काम भइसकेकाे छ । साथै उनले शारदा साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना विशेष अंक, कविता तथा वालकथा संग्रह प्रकाशन जस्ता कार्यक्रमहरु गरिएकाे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा नर्थ क्याराेलाइना नेपाली साहित्य समाजको आगामी दुई बर्षको लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको थियो । जसअनुसार अध्यक्ष शिखर दुलाल, बरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष शिशिर खनाल,महासचिव निर्मला राजभण्डारी र काेषाधक्ष सुजाता ढुङ्गेल निर्विरोध चुनिएका छन् । यसैगरी सदस्यहरूमा डा. अच्युत शर्मा, डा. ऋषि वस्ताकाेटी, विक्रम गाैतम, सुवास ढकाल, गिता बस्नेत र डा दिपेन्द्र अर्याल रहेका छन् ।

निर्वाचन प्रक्रिया अनुसार निर्विराेध निर्वाचित भएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनाेज प्रधानले अध्यक्षता पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिखर दुलालले सबैकाे सहयाेगकाे अपेक्षा गर्दै अबकाे खेल हामी सबै मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफु त केवल फुटबल मात्रै भएकाे र त्यसलाई खेलाएर पाेष्टमा गाेल गर्ने जिम्मा खेलाडीकै रहेको स्पष्ट पारे । खेलको उदाहरण दिंदै ‘तपाईहरुनै खेलाडी र रेफ्री हाे, मेराे काम तपाईहरुले जता गुडाउनु हुन्छ त्यतै गुड्ने हाे’ भन्दै आफ्नो नयाँ कार्यसमितीकाे परिचय गराएका थिए ।
नर्थक्याराेलाईना नेपाली साहित्य समाजले अन्तर्राष्ट्रिय नेपाली समाज नर्थक्याराेलाईनाकाे पनि प्रतिनिधिकाे रुपमा काम गर्दै आइरहेकाे छ । नर्थक्याराेलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनाेज प्रधानकाे सभापतित्वमा भएकाे कार्यक्रममा समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गरेकी थिइन् । कार्यक्रमकाे सञ्चालन कवयित्री नम्रता आचार्यले गरेकी थिइन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage