scheduleशनिवार श्रावण ३२ गते, २०७६

साउन महिनामा हरियो रंग धारण गर्नाले भाग्यमा पर्छ यस्तो प्रभाव

एजेन्सी, ८ साउन । साउन महिनालाई श्रृंगारको महिना मानिन्छ । साउनमा लगाइने हरियो रंगले प्रकृतिसँग मात्र हाम्रो सम्बन्धलाई बुझाउनुको साथै हाम्रो भाग्यलाई पनि प्रभावित गरिरहेको हुन्छ । तर हरियो रंगको कपडा, चुराले हाम्रो भाग्यलाई कसरी प्रभावित पार्छ त यो धेरैको जिज्ञासाको विषय हो ।

रातो रंग जसरी वैवाहिक जीवनको खुशी र सौभाग्यको प्रतीक हो त्यसरी नै हरियो रंगको पनि जीवनमा विशेष महत्व हुन्छ । साउनमा महिलाहरुले हरियो रंगलाई शिवजीको प्रसादको रुपमा ग्रहण गर्छन् । यसले आफ्नो श्रीमानको आयु लामो राख्छ भन्ने विश्वास छ ।

बुध ग्रह कुनै पनि व्यक्तिको करियर र व्यवसायसँग जोडिएको हुन्छ । बुधलाई हरियो रंग निकै प्रिय भएको मानिन्छ र यसलाई धारण गर्नाले मानिसलाई कार्यक्षेत्रमा सफलता मिल्छ भन्ने विश्वास छ ।

भगवान् शिवजी प्रकृति सुन्दरताको बीचमा ध्यान बस्न मन पराउँथे । हरियो रंग धारण गर्नाले शिवजी प्रसन्न हुन्छ र सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।

पुराणहरुको अनुसार हामी प्रकृति पुजा धेरै तरिकाले गर्छौं । हरियो रंग प्रकृतिको प्रतिक भएको कारण यसलाई धारण गर्नु प्रकृतिप्रति आभार र सम्मान बुझ्न सकिन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage