scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

प्रवासमा आत्महत्या गर्नेको संख्या बढ्दो

एसपी यादव/दक्षिण कोरिया, १२ साउन । हामी नेपालीहरु बेरोजगारीको भारी बिसाउन र आफ्नो दैनिक जीवनको न्युनतम आवश्यकतालाई पूरा गर्नका निम्ति विदेशिने गरेका छौ । दैनिक १७०० को संख्यामा नेपाली युवाहरु विदेशिनु मुलुकका लागी दुर्भाग्यपुर्ण हो।

सामान्य दैनिकी टार्ने सपना बोकेर न्युनतम ज्यालामा पनि श्रम बेच्न जानेहरु र उच्च शिक्षाका सर्टिफिकेट हातमा बोक्दै पि.आरको सपना देखेर युरोप , अमेरिकातिर भौतारिनेहरु र इजरायल, कोरिया, जापानको राम्रो आय आर्जनको सपना बोकेर बिदेश पुग्नेहरु सबै नेपाल आमाका प्यारा सन्तानहरु हुन । यी तीन किसिमका युवायुवतीहरुले ज्यान हत्केलामा राखेर आर्जन गरेको आयको रेमिट्यान्सबाट नै हाम्रो देशको अर्थतन्त्र चलिरहेको छ र राज्य पनि यसैमा मख्ख छ ।

नेपाल सरकार र कोरिया सरकारबीच २००७ मा इपिएस सम्बन्धी श्रम सम्झौता सम्पन्न भए पछि नेपालि युवाका लागि धन कमाएर भविष्य उज्जवल पार्ने अर्को मौका मिल्यो । इपिएस शुरु भए पछि वर्षेनि कोरिया जान हजारौंको लाइन मात्र लागेन अबैधानिक रुपमा कोरिया जाने र वैवाहिक भिषामा कोरिया जानेहरुको संख्या पनि क्रमश घट्दै आयो ।

नेपाल भित्र कोरियन भाषाको ज्ञान दिने संस्थाहरुले गर्दा र पर्यटनको क्षेत्रमा पनि कोरियन पर्यटकको ओइरो नेपालमा लाग्न थाल्यो र नेपाललाई हिमालयको देश भनेर कोरियनहरुलाइ बुझाउन सजिलो भयो । साथै हाम्रो दैनिक जीवनमा र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा नौलोपनको बिकास पनि भयो । यो सबै त्यतिकै भएको होइन । नेपाली कामदारहरुको लगनशिलता र मिहिनेतको परिणाम स्वरुप सारा क्षेत्रमा यसको सकारात्मक प्रभाव बढेको हो ।

कोरियामा हाम्रो रगत र पसिना मात्र पोखिएन हाम्रो सामाजिक तथा सांस्कृतिक जीवन शैलीमा आमूल परिवर्तन आयो भन्दा कति पनि फरक नपर्ला ।

वैदेशिक रोजगारीका लागि इपिएस सिस्टमले पुर्वको मेची देखि पश्चिमको महाकाली लगायत कर्णाली सम्मका गाउँघर सबैतिर एकै साथ प्रभाब पर्न गयो । एउटा दुर्गम गाउँको झुप्रोमा बस्ने र काठमाडौको महलमा बस्ने नेपाली एकै साथ आफ्नो भाषिक ज्ञान र शारिरिक स्वास्थ्यको क्षमताको आधारमा कोरिया उड्न पाएका छन । कोरियाको रोजगारीले जाती, भाषा, वर्ग र क्षेत्र सबैलाइ समेटेको छ ।

९० को दशकमा र त्यस पछिका केही वर्ष कोरियामा हामिले अधिकांस मध्यम वर्ग वा पुजिपती वर्गका नेपालीहरु भेट्ने गर्थ्यौ । तर इपिएस शुरु भए देखि आजकाल सबै वर्गका नेपालीहरु भेट्न पाउँदा गर्व महसुस हुन्छ ।

एकातिर नेपालि युवाहरुको आर्थिक स्तर माथी उठाउन वैदेशिक रोजगारीले मार्ग प्रसस्त गरेको छ । भने अर्कोतिर दिनहु जसो विदेश उडेर आकाशमा जान्छन् , तर देशमा फर्किदा लासका बाकसमा फर्कीन्छन, यसरी लासका बाकस भित्रिने क्रम पनि बढेको छ ।

यस्तो छ २०७४ पुस महिना देखी २०७५ श्रावण महिना सम्ममा मृत्यु भएकाहरुको विवरण

१. संजय थापा – आत्महत्या
२. नरेश कुमार राई – आत्महत्या
३. बल बहादुर गुरुङ – आत्महत्या
४. दाकाराम भुजेल – आत्महत्या
५. प्रकाश थापा – आत्महत्या
६. दिल बहादुर – हृदयघात भइ मृत्यु
७. लिलाधर अर्याल – हृदयघात भइ मृत्यु
८. एकेन्द्र लामा – हृदयघात भइ मृत्यु
९. होम बहादुर गुरुङ – हृदयघात भइ मृत्यु
१०. चित्र बहादुर थापा – मुटु रोगका कारण मृत्यु
११. सुकमान लिम्बू – बिरामी भइ मृत्यु
१२. थम बहादुर थापा – कम्पनि दुर्घटनामा परि मृत्यु
१३. कृष्ण के.सी – दुर्घटनामा परि मृत्यु
१४. अम्बिका राई – बस दुर्घटनामा परि मृत्यु
१५. संतोष बिष्ट – मोटरसाइकल दुर्घटनामा परि मृत्यु
१६. दुर्गा बहादुर जिसी – समुन्द्रमा डुबेर मृत्यु

२०१८ मा हामीले कोरियामा जीवन गुमाउने दाजु भाईको श्रद्धाञ्जली गर्दा प्रत्येक घटना अन्तिम बनोस भनेर कामना गरिरहयौं । तर हरेक वर्ष नाटकिय रुपमा मृत्युका खबरले तिब्रता पाएका छन ।

कम्पनीको काम गर्दा गर्दै दुर्घटनामा परि ज्यान गुमाउने वा सुतेकै ठाउमा मृत्यु भएका घटनाहरु हामिले सामान्यतया जहाँ पनि सुन्ने गरेकै कुरा हो । तर २०१८ मा कोरियामा हामीले धेरै भन्दा धेरै अकल्पनिय दुर्घटना, मृत्यु र आत्महत्याका घटना पनि प्रत्येक हप्ता वा महिनामा सुन्न थालिएको छ । यस बाहेक कम्पनीमै रोगका कारण अस्वस्थ हुने वा हस्पिटल बस्नेहरुको संख्या कति छ भनेर यकिन गर्न मुस्किल छ ।

अहिले हाम्रो कोरियाको नेपाली समाज अत्यन्तै स्तब्ध छ । एक पछि अर्को नराम्रो खबरहरुको चाङ लाग्न थालेको छ । कुनै पनि उन्नती र प्रगतिका समाचारहरु सुन्न पाइएको छैन । अब हामी सबै मिलेर यसको सामना गर्नुपर्ने आवश्यकता भएको छ । यो कुनै एक मात्र संस्था वा व्यक्तिको विषय हैन । यस्ता आत्महत्याका घटनाहरु यसरी नै लगातार दोहोरिने हो भने हामीले भोलिका दिनमा नेपाली भनेर गर्व गरेर हिड्न सक्दैनौं । हामीहरु संसार भरी नै आत्महत्या गर्न खप्पिस कायरहरुको उपनामले परिचित हुन बेर छैन ।

सौलको नेपाली दुतावास, नेपाल सरकारको श्रम मन्त्रालय र कोरियाको नेपाली सामाजिक संस्थाहरुको सामुहिक पहलमा नै यो समस्याको सहि समाधान निस्किन सक्नेछ ।

मानिसको जीवनलाई दुई दिनको जीवन भन्ने गरिएको छ । जिवन र समय धेरै महत्वपुर्ण कुरा हुन् । जिवनको महत्वलाई बुझेर हामीले क्षणिक आवेग वा मानसिक समस्यामा परेर ज्यन त्यसै खेर नफालौ ।

सकारात्मक सोचका साथ जीवनलाई हेरौ । केही पारिवारिक अथवा स्वास्थ्य समस्या आयो भन्दैमा हरेस खानु राम्रो होइन । परदेशमा आउनुको कारण हाम्रो भावी जीवन उज्ज्वल पार्नको लागि हो, न कि महत्त्वपूर्ण जीवनलाई क्षणिक आवेगमा आएर त्याग गर्नु हो । हामी स्वदेश वा प्रवासमा जहाँ रहे पनि आत्महत्या जस्तो कायरतापुर्ण मृत्यु हुनबाट बच्न धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन् यहि मेरो शुभकामना छ ।

(एनआरएनए आइसिसी एसिया महिला संयोजक जुनु गुरुङसँग कोरियामा साझापोष्ट अनलाइनका पत्रकार एसपी यादवले गरेको कुराकानीमा अाधारीत)

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage