scheduleबिहिवार आश्विन ३० गते, २०७६

गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार दिनुपर्छः भट्टराई

बार्सिलोना, १३ साउन । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार दिनुपर्ने बताएका छन् ।

एनआरएनको ११ औं युरोपेली बैठकलाई आइतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले एनआरएनहरुलाई नेपालमा राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने बताएका हुन ।

‘संविधानमा एनआरएनलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सहितको नागरिकता दिनुपर्ने उल्लेख गरेका छौ । तर एनआरएनहरुलाई राजनीतिक अधिकार दिने वा नदिने भन्ने प्रश्न उठिरहेको छ । यस्तो प्रश्न उठिरहेको भएपनि उनीहरुलाई राजनीतिक अधिकार दिइनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा भएको डा. भट्टराईले बताए ।

मन्तव्यका क्रममा डा. भट्टराईले व्यक्त गरेका विचारहरु आफ्नो निजी विचार भएको भन्दै यसमा संविधानमा भएको व्यवस्था अनुसार एनआरएनहरुले उक्त अधिकार पाउनुपर्छ भन्ने सवालमा आफू निरन्तर आवाज उठाइरहने डा. भट्टराईले बताए । भट्टराई पत्नी हिसिलासहित एक सातादेखि युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage