scheduleशनिवार आश्विन ४ गते, २०७६

बुटवलबाट काठमाडौँ आउँदै गरेको हाइस दुर्घटना, ११ घाइते

प्रतिकात्मक तस्बिर

धादिङ, १३ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ घाटबेंसीमा आइतबार यात्रुवाहक हाइस र स्कारपियो कार एकापसमा ठोक्किंदा ११ जना यात्रु घाइते भएका छन् ।

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ३००९ नं को हाइस र बा ६ च ३९९१ नं को स्कारपियो कार सडकमा एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र छ जनाको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ ।
रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage