scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

श्रीमती गर्भवती हुनसाथ श्रीमान्ले दोस्रो विवाह गर्ने अचम्मको गाउँ !

एजेन्सी, १४ साउन । माथि पढ्नासाथ तपाईलाई आश्चर्य लाग्नसक्छ । जब श्रीमती गर्भवती हुनसाथ श्रीमान्ले किन अर्को विवाह गरिहाल्छन् भनेर ? साँच्चै भन्ने हो भने माथिको शिर्षक पत्याउन पनि गाह्रो हुनसक्छ ।

तर यो सत्य हो । भारतको राजस्थानको केहि गाउँहरुमा अझै पनि यस्तो चलन कायमै छ । महिलाहरुले जानी जानी नै दोस्री या तेस्री श्रीमतीकोरुपमा सहमतिमै विवाह गर्दछन् त्यहाँ ।

यो प्रथा राजस्थानको बाडमेर जिल्ला अन्तर्गत देरासर गाउँको हो । त्यस गाउँमा पानीको हाहाकार छ । गाउँका महिलाहरुको समय नै चर्को गर्मी होस् या अत्यन्तै चिसो समयमा पनि पूरै दिन पानीको खोजीमा भौतारींदै बित्ने गर्दछ । त्यस गाउँका युवतीहरुलाई पनि सानैबाट पानी खोज्न र बोक्न सिकाइन्छ ।

विवाहपछि गर्भवती भएका महिलाहरुलाई दिनभरि पानी खोजेर भौतारिनु र पानी बोकेर घन्टौं हिड्नु खतरा हुने भएकोले गर्भवती भएको थाहा पाए पछि श्रीमान्ले दोस्रो विवाह गर्ने गर्दछन् । दोस्रो विवाह गरेपछि घरमा पानी बोक्ने मानिस हुनुको साथै गर्भवती श्रीमतीको स्याहारसमेत हुने भएकाले यस्तो प्रथा चलिआएको बताइन्छ ।

राजस्थानको देरासरमा चलिआएको बहुविवाहको यो प्रथा सदियौंदेखि चल्दै आएको हो । महाराष्ट्रको कति गाउँमा पानीकै कारण पुरुषले जानीजानी बहुविवाह गर्न बाध्य भएको बताइन्छ ।

अत्यन्त सुख्खाग्रस्त क्षेत्रमा पानी ल्याउन धेरै गाउँहरु पार गरेर १०–१२ घन्टासम्म हिँड्नुपर्ने बाध्यता छ । पछिल्लो तथ्यांक अनुसार महाराष्ट्रमा लगभग १९ हजार सुख्खाग्रस्त गाउँहरु रहेका छन् । यी गाउँहरुमा दोस्रो पत्नीलाई ‘वाटर वाइफ’ भनेरसमेत सम्बोधन गरिन्छ । कतिपय गाउँमा तीनवटासम्म विवाह हुने गरेको पाईएको छ । जहाँ पहिलो श्रीमतीले घर र बालबच्चा स्याहार्ने दोस्रो र तेस्रो श्रीमतीले पर्याप्त मात्रामा पानी बोक्ने जिम्मेवारी पाएका हुन्छन् ।

धेरैजसो आदिवासी समुदायमा रहेको यो प्रथाको भारतमा निकै विरोध हुदै आएपनि रोक्नभने अझै सकिएको छैन ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage