scheduleबिहिवार आश्विन ३० गते, २०७६

भारतबाट १९ नेपाली चेलीहरुको उद्दार

१५ साउन । नेपालीलाई स्वीकृती नभएको मुलुकहरुमा जानका लागि भारत ट्रान्जित भएर विभिन्न खाडी मुलुकहरुमा जान लागेका १९ नेपाली चेलीलाई बनारस प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले दिल्ली महिला आयोगको सहयोगमा उनीहरुको उद्दार गरेको हो । मानव ओसारपसारका माध्यमबाट चेलीहरुलाई खाडी मुलुकमा जबर्जस्ती देह व्यापारमा लगाइन्छ भन्ने उजुरीका आधारमा भारतको मैदानगढीबाट उनीहरुलाई उद्धार गरिएको हो ।

त्यसैक्रममा ६१ वटा नेपाली तथा ७ वटा भारतीय पासपोर्ट पनि बरामद गरिएको थियो ।

यसअघि पनि दिल्ली महिला आयोगकै सक्रियतामा प्रहरीले मुनिरकाबाट १६ जना नेपाली चेलीहरुको उद्दार गरेको थियो ।

तस्बिरहरु: अमित मिश्राकाे ट्वीटरबाट

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage