scheduleबुधवार जेष्ठ १४ गते, २०७७

मेक्सिकोमा १०१ जना यात्रु सवार विमान दुर्घटना

काठमाडौँ, १६ साउन । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भएको छ । उक्त विमानमा १०१ जना यात्रुहरु सवार रहेका थिए । मिडिया रिपोर्टका अनुसार विमान दुर्घटना भएपनि मानविय क्षति हुनबाट जोगिएको छ ।

उक्त दुर्घटनामा परी ८५ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

विमान उडेको पाँच मिनेटमा नै दुर्घटनामा परेको बताइएको छ ।

खराब मौसमका कारण विमान दुर्घटना भएको विमान अपरेटरले जानकारी दिएका छन्। मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको बिबिसी मिडियाले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय