scheduleबुधवार आश्विन ६ गते, २०७८

एकैदिन दुई अविश्वास प्रस्तावबाट सुरक्षित रहे इमानुएल म्याक्रोन

एजेन्सी, १६ साउन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन एकै दिन दुईवटा अविश्वासको प्रस्तावबाट सुरक्षित रहन सफल भएका छन् । सदनले मंगलबार राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारविरुद्ध ल्याएको दुईवटा अविश्वासको प्रस्तावलाई खारेज गरेको हो । आफ्नो पूर्व अंगरक्षकसँग एउटा घटनामा संलग्न भएको आरोपमा उक्त प्रस्ताव ल्याइएको थियो ।

पहिलो प्रस्ताव कन्जर्भेटिभ रिपब्लिकन दलले ल्याएको थियो । उक्त प्रस्ताव नेश्नल एसेम्बलीमा पास हुन २८९ मतको आवश्यकता हुन्छ जसले १४३ मत प्राप्त गरेको थियो । त्यस्तै सोस्यलिस्ट कम्युनिष्ट र लेफ्टीस्ट फ्रान्स इन्ससोमाइस दलले ल्याएको दास्रो प्रसतावलाई ७४ जना सांसदहरुले मात्र समर्थन गरेका थिए ।

कन्जर्भेटिभ र लेफ्ट दलहरुले एक अर्काको प्रस्तावलाई समर्थन गरेका थिएनन्। उक्त अविश्वास प्रस्तावलाई म्याक्रोको सेन्ट्रीस्ट दल ला रिपब्लिक इन मार्ची सदनमा स्पष्ट बहुमतमा छ भन्ने संकेतको रुपमा हेरिएको छ ।

प्रस्तावमाथिको छलफलमा प्रधानमन्त्री इडुयार्ड फिलिपिले म्याक्रो सरकारको बचाउ गरेका थिए । छलफलका क्रममा ले मोण्डेले सार्वजनिक गरेको भिडियो जसमा राष्ट्रपतिका २६ वर्षीय अंगरक्षक एलेक्सजेण्ड्री बिनालाले २०१८ को मे डे प्रदर्शनका प्रदर्शनकारीहरुलाई पिटिरहेको देखाइएको थियो ।

उक्त भिडियोबाट म्याक्रोन सरकारको बचाउ गर्दै उक्त भिडियो र म्याक्रोन सरकार असम्बन्धित रहेको बताएका थिए ।

भिडियो सार्वजनिक भएपछि म्याक्रोनले अंगरक्षक बेनालालाई डिसमिस गरिदिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय