scheduleबिहिवार आश्विन ३० गते, २०७६

युएईमा अवैध बसेका नेपालीले आम माफीका लागि प्रक्रिया सुरु गर्न पाउने

काठमाडाैं, १६ साउन । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सजिलोका लागि आजबाट तीन महिनासम्मका लागि आम माफी योजना लागु गरेको छ ।

नेपाली दूतावासले यो आममाफी योजनाको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने छन् ।

नेपाली दूताबास आबुधाबीले गैरकानुनीरुपमा युएईमा रहेका नेपालीलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीलाई आग्रह गरेको हो ।

कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage