scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

विश्व स्तनपान सप्ताह : यसरी बन्छ बच्चालाई भोजन, आमालाई औषधी

एजेन्सी, १६ साउन । आजबाट विश्व स्तनपान सप्ताह शुरु भएको छ । भारत, चीन, इन्डोनेशिया, मेक्सिको र नाइजेरिया जस्ता देशमा समुचित स्तनपानको कमिले प्रत्येक वर्ष दुई लाख ३६ हजार बालबालिकाहरुको मृत्यु हुन्छ । यस्तो मृत्युलाई रोक्नका लागि विश्व स्वाथ्य संगठनले प्रत्येक वर्ष १ देखि ७ अगस्टसम्म विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

स्तनपान बच्चा र आमा दुबैका लागि एकदमै जरुरी छ । शिशु जन्मेको छ महिनासम्म आमाले बच्चालाई आफ्नो स्तनपान गराउनुपर्छ । यो अवधीभित्र बच्चालाई अन्य कुनै खाद्य सामाग्री खुवाउनु हुँदैन ।

स्तनपानले शिशुलाई जति फाइदा गराउँछ त्यति नै यसले आमाको स्वास्थ्य र शरीरलाई पनि फाइदा गराउँछ । भिटामिन, प्रोटिन र फ्याटको समुचित समिश्रण हुने भएकोले यसलाई शिशुले सजिलै पचाउन सक्छ । यसमा विभिन्न किसिमका एन्टीबडिज पाइन्छ जसले ब्याक्टेरिया र भाइरससँग लड्न बच्चालाई मद्दत गर्छ ।

निरन्तर स्तनपानले शिशुलाई एलर्जी र दमको समस्याबाट पनि बचाउँछ । कतिपाय अनुसन्धानमा तोकिएको समयसम्म स्तनपान गराइएका शिशुहरु ठूलो भएपछि उनीहरुको आइक्युको क्षमता पनि औसतको भन्दा ज्यादा भएको पाइएको थियो । एक अध्ययनका अनुसार स्तनपानले बालबालिकामा मोटोपना, मधुमेह र क्यान्सर जस्ता खतरा कमी गराउँछ ।

स्तनपानको क्रममा आमाको स्पर्शले बच्चालाई सुरक्षाको आभाष दिनुको साथै सन्तान र आमाबीच भावनात्मक सम्बन्ध बलियो बनाउँछ ।

यस बाहेक आमाको लागि पनि स्तनपान निकै फाइदाजनक सावित हुन्छ । निरन्तर स्तनपान गराउने महिलाको क्यालोरी जलेर तौल बढ्ने समस्याबाट राहत मिल्छ ।

स्तनपानको समयमा अक्सीटोसिन हार्मोन उत्पन्न हुन्छ जो युट्रेसलाई पुरानो अवस्थामा फिर्ता ल्याउने काम गर्छ । साथै यसले प्रसबको समयमा युट्रेसबाट हुने ब्लिडिङलाई पनि कमि गर्छ ।

निरन्तर स्तनपान गराउनाले आमाको स्तन र ओवेरियन क्यान्सरको खतरा पनि कमि हुन्छ । साथै अस्टियोपोरोसिस हुने खतरा पनि कम हुन्छ ।

कतिपय अनुसन्धानमा स्तनपानले आमालाई टाइप टु मधुमेह, रुमेटाइड आर्थराइटिस र ह्दय रोगबाट बचाउने पाइएको छ ।

उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको समस्या भएका महिलाहरुलाई स्तनपानले फाइदा गर्ने पाइएको छ । स्तनपानको क्रममा आमाभित्र प्रोलेक्टिन हार्मोन पनि उत्पन्न हुन्छ जसले आमालाई आनन्द लिन र एकाग्र हुन मद्दत गर्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage