scheduleबिहिवार आश्विन ३० गते, २०७६

एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीले गरे आत्महत्या

काठमाडौं, १६ साउन । बंगलादेशमा एमबिबिएस अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । एमबिबिएसको पढाइ सकेर इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन् । उनले होस्टलको कोठामा बुधबार बिहान साढे ११ बजे झुन्डिएर आत्महत्या गरेका हुन् ।

ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेको श्रीवास्तवले एक साताअघि मात्र इन्टर्नसिप सुरु गरेका थिए ।

कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । कलेज प्रिन्सिपल मिर्जा मन्जुरुल हकले श्रीवास्तवसँग अतिक्ति रकम माग गरेपछि उनीहरुबीच विवाद भएको र उनले आत्महत्या गरेको विद्यार्थीहरुको आरोप छ । आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन भने बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

श्रीवास्तवको आत्महत्यापश्चात कलेजका प्रिन्सिपल मिर्जाले भने ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन् । उनको बिहीबार मेमेनसिङ मेडिकल कलेजको शिक्षण अस्पतालमा पोस्टमार्टमा हुने बताइएको छ। उनका आफन्त बिहीबार बंगलादेश पुग्ने बताइएको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage