scheduleबुधवार भाद्र ४ गते, २०७६

छोरी जन्मिएको डेढ घन्टामै आमाद्वारा नाक र मुख बन्द गरेर हत्या


एजेन्सी, १९ साउन । आमा महान हुन्छिन् । तर, कहिलेकाँही कुनै कुनै आमाहरुमा राक्षसी प्रवृत्ति सवार हुन्छ । यस्तै भएको छ दिल्लीको मोतीनगरमा ।

छोरोको चाहना राखेर गर्भवती भएकी एम महिलाले छोरी जन्मिएपछि आफै‌ले मुख र नाक थुनेर हत्या गरेकी छन् । जन्मिएको डेढ घन्टापछि अस्पतालमै नाक र मुख थिचेर हत्या गरेको दर्दनाक घटनाले मानवतालाई नै झस्काएको छ ।

पोस्टमार्टम रिपोर्टबाट यस्तो तथ्य खुलेपछि प्रहरीले महिलाविरुद्ध हत्याको आरोप दर्ज गर्दै गिरफ्तार गरेको छ । प्राप्त जानकारी अनुसार ती महिलाको यसअघि नै दुई छोरी र एक छोरा रहेका छन् । उनी अब थप छोरी चाहन्नथिन् ।

प्रहरीका अनुसार आरोपित महिला ३२ वर्षिया रिता देवी हुन् । नारायणा बस्ने उनी प्रसवपीडा सुरु भएपछि २८ जुलाईमा बसईदारापुरस्थित ईएसआई अस्पतालमा भर्ना भएकी थिइन् । २९ जुलाई राति उनले छोरी जन्माएकी थिइन् ।

करिब डेढ घन्टा पछि नर्सलाई भेटेर बच्चा नचलेको भन्दै ती महिला पुगेकी थिइन् । नर्सले बच्चाको नाक रातो देखे । उनीहरुले तत्काल बच्चालाई विशिष्ट कक्षमा लगेर श्वास दिने प्रयास गरे, तर सफल भएनन् ।
बच्चीको नामको रंग रातो देखेपछि डाक्टरहरुलाई शंका लाग्यो र उनीहरुले घटनाबारे प्रहरीलाई जानकारी दिए । प्रहरीले पोस्टमार्टम गरे । पोस्टमार्टम रिपोर्टबाट बच्चाको मृत्यू श्वास रोकिएर भएको पुष्टि भयो ।
प्रहरीले आशंकाको भरमा महिलालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरे । महिलाले आफ्नो अपराध स्वीकार गरिन् । उनले बच्चाको हत्यापछि कसैलाई शंका नहोस् भनेर आफैं नर्ससम्म पुगेर उजुरी गरेकी थिइन् । प्रहरीले पक्राउपछि महिलामाथि थप अनुसन्धान गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage