scheduleबिहिवार भाद्र ५ गते, २०७६

सुहागरातमा पुरुषसँगै विवाह गरेको थाहा पाएपछि…..

एजेन्सी, २० साउन । सुहागरातको दिन आफ्नो बेहुलीको वास्तविकता थाहा पाएपछि मुम्बाईका एक युवकको होश हवास उडेको छ । वास्तवमा उनले जोसँग विवाह गरे त्यो महिला नभएर पुरुष भएको उनले थाहा पाए ।

त्यस्तो खुलासा भएपछि बेहुलाको परिवारले बेहुलीको परिवारमाथि धोकाधडीको आरोप लगाएका छन् ।

२५ जनावरी २०१८ मा विवाह भएका ती २१ वर्षीये युवक र १९ वर्षीया युवती कलेज पढ्दाको समयदेखि नै प्रेम सम्बन्धमा थिए । जब प्रेम सम्बन्धबारे दुबैको परिवारले थाहा पाए तब दुबै परिवार विवाहका लागि राजी भए । तर त्यस समय युवतीको परिवारले स्वास्थ्य समस्याको कारणले आफ्नो छोरी कहिल्यै आमा बन्न नसक्ने बताए । तर छोराको खुशीका लागि युवकको परिवारले उनलाई स्वीकार्यो ।

तर सुहागरातको दिन जब युवकले महिलासँग सम्बन्ध राख्ने प्रयास गरे तब उनले आफ्नो हर्नियाको अपरेशन भएको बहाना बनाइन् । त्यसपछि दुबैजना हनिमून मनाउन मनाली गए । त्यहाँ पनि महिलाले बहाना बनाएर युवकबाट टाढा रहने प्रयास गरिन् ।

तर जब उनको बहानाले काम चलेन . तब उनले आफ्नो गुप्तांगको अपरेशन भएको कुरा बताइन् । वास्तविकता थाहा पाएर मानसिकरुपमा विक्षिप्त भएपछि युवकको परिवारले युवतीलाई डिभोर्स दिने सल्लाह दिए तर युवतीको परिवारले त्यसलाई अस्वीकार गर्दै उल्टै युवकको परिवारमाथि शारीरिक प्रताडनाको आरोप लगाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage