scheduleशनिवार आश्विन ४ गते, २०७६

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध


चितवन, २१ साउन । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो ।

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । वर्षापछिको पहिरोका कारण हरेक दिनजसो यो सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage