scheduleबिहिवार आश्विन ३० गते, २०७६

बंगलादेश तनावग्रस्त, नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह


ढाका, २१ साउन । केही समयदेखि तनावग्रस्त बंगलादेशमा नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको छ । गत साता २ जना विद्यार्थीको बसले ठक्कर दिँदा निधन भएपछि स्थिति भड्किएको हो ।

उक्त घटनालाई लिएर आफ्नो सडक सुरक्षाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा निस्केका विद्यार्थीहरूमाथि आक्रमण भइरहेको छ । सो कार्यको भर्सना गर्दै हाल देशभर प्रदर्शन भईरहेको छ ।

आन्दोलनको क्रममा हालसम्म केही विद्यार्थीको ज्यान गएको छ भने केही बेपत्ता र घाइते छन् । यस्तो तनावग्रस्त अवस्थामा यस्ता घटनाहरुमा नमुछिन र सकेसम्म क्याम्पस र होस्टेलबाहिर ननिस्कन नेपाली विद्यार्थीहरुले आग्रह गरेका छन् ।

नेपालमा रहेका र बंगलादेश जाने तयारी गरिरहेका नेपाली विद्यार्थीहरुलाई केही दिन नेपालमै रहन पनि आग्रह गरिएको बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सरोज खनालले जानकारी दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage