scheduleसोमवार भाद्र २ गते, २०७६

रणवीरसँग विवाहपछि यस्तो छ आलियाको योजना

एजेन्सी, २१ साउन । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको अफेयरको लामो समयदेखि चर्चाको विषय बनेको छ । यसैबीच जब आलियाको एक फ्यानले उनीसँग विवाहको बारेमा प्रश्न गरिन् तब उनले नहिचकिचाई मनको कुरा बताइन् ।

फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त आलियाले इन्सटाग्राममार्फत् आफ्ना फ्यानहरुसँग नजिकिने नयाँ उपाय अप्नाएकी छिन् । उनले एउटा सेशन चलाएकी छिन् जसको नाम ‘आस्क मि एनीथिङ’ हो । यस सेशन अन्तर्गत उनका फ्यानहरुले उनीसँग सम्बन्धित जुनसुकै प्रश्नहरु सोध्न सक्छन् र आलियाले जवाफ पनि दिइरहेकी छिन् ।

यसै सेशनको क्रममा आलियासँग एकजना फ्यानले ‘के तपाई विवाहपछि एक्टिङ छोड्नु हुन्छ’ भनेर प्रश्न गरेका थिए । त्यस प्रश्नको जवाफमा आलियाले स्टेटसलाई छोड्ने बाहेक अरु केही छोड्नु आवश्यक नभएको बताइन् । उनले भनिन्,‘म तबसम्म एक्टिङ गर्ने छु जबसम्म म चाहन्छु ।’

बि टाउनको खबर अनुसार आलिया र रणवीर सन् २०२० भित्र विवाह गर्दै छन् । यस्तो समयमा उनको जवाफलाई निकै महत्वका साथ हेरिएको छ ।

केही दिनअघि एक अन्तरवार्तामा ऋषि कपूरले आलिया र रणवीर सम्बन्धमाथि एउटा ठूलो बयान दिएका थिए । उनले मिड डेसँगको अन्तरवार्तामा भनेका थिए, ‘जे भैरहेको छ त्यो सबैलाई थाहा छ । मलाई केही भन्नु आवश्यक छैन । मलाई लाग्छ रणवीरको लागि विवाह गर्ने सबैभन्दा राम्रो समय यही हो ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage