scheduleशनिवार आषाढ़ २७ गते, २०७७

दक्षिण कोरिया जाने कामदारको हवाई भाडा घट्यो


काठमाडौं, २१ साउन । नेपालबाट रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट मूल्य घटेको छ । यसअघिको मूल्यमा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँका दरले भाडा घटेको हो ।

हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएसँगै कामदार लाभान्वित हुनेगरी नयाँ भाडादर कायम गरिएको छ । वैदेशिक रोजगार विभागको इपीएस शाखाका अनुसार नयाँ भाडादर आजैबाट लागू हुनेछ । यसअघि नेपालीले हवाई भाडा ५ सय ३० अमेरिकन डलर तिर्दै आएका थिए । उक्त मूल्य घटेर अब ४ सय ११ डलर कायम भएको छ ।

यो निर्णयले करिब ८ हजारको संख्यामा रोजगारीका लागि कोरिया जाने नेपाली लाभान्वित हुनेछन् । यसबाट हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ बचत हुने देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय