scheduleशनिवार आश्विन ४ गते, २०७६

टिप्परले मान्छे मारेपछि प्रहरी र स्थानीयबीच झडप

मकवानपुर, २१ साउन । हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि त्यसक्षेत्र तनावग्रस्त बनेको छ ।

ना ७ ख ७३२३ नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २६ वर्षीय टंक न्यौपानेको ज्यान गएको हो । उनको उपचारकै क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बसेकी गीता न्यौपानेको भने भक्तपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

न्यौपानेको मृत्यु पश्चात क्षतिपूर्तिका माग गर्दै कान्ति लोकपथ बन्द गर्न उत्रेका मृतकका आफन्त तथा स्थानीयसँग प्रहरीको झडप भएको थियो । झडपका क्रममा स्थानीय र प्रहरीसहित आधा दर्जन घाइते भएका छन् । प्रहरीले १० राउण्ड अश्रुग्यास समेत हानेको थियो । सडक बन्द गर्ने र ठक्कर दिने टिप्परललाई हेटौंडा ल्याउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक परिवारलाई बेवास्ता गर्दै प्रहरीले पहिला ज्यान लिने टिप्परको सुरक्षामा लागेको स्थानीयले आरोप लगाएका छन् । मृतक परिवारले चालकलाई कारबाही र वार्तामार्फत् घटनाको समाधान नभएसम्म शव जिम्मा नलिने बताएका छन् । घटनाको विरोधमा स्थानीयले गैरीगाउँको विभिन्न स्थानमा बाटो बन्द गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage