scheduleबुधवार फाल्गुन ७ गते, २०७६

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता

विराटनगर, २३ साउन । सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय