scheduleमगलवार कार्तिक २६ गते, २०७६

गृहमन्त्रीले भने-इन्काउन्टरको छानबिन हुन्छ

काठमाडौं, २४ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले ११ वर्षीय निशान्त खड्का अपहरण संलग्न दूई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन् ।

बिहिवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सरकारको आधिकारिक धारणा बाहिर आइसकेको भएपनि छानविन गर्दै स्पष्ट पार्ने बताएका हुन् ।

गत सोमबार प्रहरीको गोलि लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो। प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ ।

आइतवार साँझ अपहरणमा परेका बालक निशान खड्काको शव सोमवार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो । निशान खड्काको अपहरण पछि हत्या भएको थियो । प्रहरीले अपहरण गरी हत्यागर्नेको खोजी गर्नेक्रममा इन्काउन्टर गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage