scheduleआइतवार कार्तिक ३ गते, २०७६

विमान दुर्घटनामा ८ जना मारिए, एक बालकको जिउँदै उद्धार

जकार्ता, २७ साउन । इण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनामा १२ वर्षीय एक बालकको भने जिवितै उद्धार गरिएको छ ।

पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आज विहान विहान विमानको भग्नावशेषसँगै उनी फेला परेका हुन् ।

स्वीट्जरल्याण्डमा निर्मित पिलाटुस विमानको उडिरहेको विमान अवतरण गर्नु केही समयअघि मात्रै शनिवार दिउँसो सम्पर्क विच्छेद भएको थियो ।

घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक अचेत अवस्थामै रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ। विमानमा दुईजना चालकदलका सदस्यसहित ९ जना सवार थिए ।

भाडामा हवाईजहाज उपलब्ध गराउने निजी कम्पनी डिमोनिम एअर टन्ना मेरा भन्ने स्थानबाट ४० मिनेट दक्षिणतर्फ पपुआ प्रान्तमा रहेको ओक्सिबिलतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

समाचार संस्था एएफपीका अनुसार नजिकैको गाउँका बासिन्दाले ‘एउटा विस्फोटसँगै ठूलो गर्जन’ सुनेका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पुग्नका लागि निकै कठिन रहेको गाम्रीण तथा पहाडी क्षेत्र पपुआ प्रान्तसम्म पुग्ने माध्यम नै विमानहरू हुन्।

तर तीव्र गतिमा बदलिरहेको मौसमी अवस्थाको अर्थ भनेको त्यहाँसम्म हवाई यात्रा गर्न सहज छैन । तीन वर्षअघि त्रिगना एअरको एउटा ट्वीन टर्बोप्रोप विमान पनि ओक्सिबिलनजिकै दुर्घटनाग्रस्त हुँदा ५४ जनाको ज्यान गएको थियो । बीबीसी

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage